×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा पहिलो डिजिटल करेन्सी ‘सिबिडिसि’ को सुरुवात

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा पहिलो डिजिटल करेन्सी ‘सिबिडिसि’ को सुरुवात

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय केन्द्रीय बैंक (आरबिआइ) ले  कार्तिक १५ गते मंगलबारदेखि पहिलो डिजिटल करेन्सीको सुरुवात गरेको छ । पाइलट प्रोजेक्टको रुपमा आरबिआइले डिजिटल करेन्सी ‘सिबिडिसि’ जारी गरेको हो ।

डिजिटल करेन्सीको लागि आरबिआइले एसबिआई बैंक, बैंक अफ बदौडा, युनियन बैंक अफ इन्डिया, आइसिआइसिआइ बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आइडिएफसि फस्ट बैंक र एचएसबिसिलाई छनोट गरेको छ । मंगलबारदेखि थोक डिजिटल रुपैयाँ परीक्षणको आधारमा प्रयोग गरिने भारतको केन्द्रीय बैंकले जानकारी गराएको छ । प्रारम्भिक चरणमा सरकारी धितोपत्रहरुको कारोबार सेटलमेन्टका लागि डिजिटल रुपैयाँको प्रयोग गरिने भएको छ ।

डिजिटल करेन्सी दुई प्रकारका हुनेछन् । जसमा सिबिडिसि होलसेल र सिबिडिसि रिटेल हुनेछन् । मंगलबारबाट सुरु भएको सिबिडिसि होलसेल हो । जसको प्रयोग ठूला वित्तीय संस्था जस्तै बैंक, ठूला नन् बैंकिङ फाइनान्स कम्पनी र अर्का ठूला कारोबार गर्ने संस्थाहरूले गर्नेछन् । होलसेलको प्रयोग पछि रिटेल करेन्सी जारी गर्ने योजना आरबिआइको रहेको छ । जसको प्रयोग सर्वसाधारणले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्ने बताइएको छ ।

बिटक्वाइनजस्ता निजी डिजिटल मुद्राहरुलाई अनुमति दिँदा वित्तीय स्थायित्वमा खतरा उत्पन्न हुने ठहर गर्दै भारतले आफ्नै ‘केन्द्रीय बैंक डिजिटल करेन्सी’ प्रचलनमा ल्याउन लागेको हो ।  डिजिटल करेन्सीको प्रयोग बढेसँगै सर्वसाधारणले भौतिक रुपैयाँ बोक्नु पर्ने छैन । जसको प्रयोगले क्यास लेस पेमेन्ट गर्न सकिने छ । यता भौतिक रुपैयाँ छाप्ने लागत समेत कम हुने आरबिआइको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: