मकवानपुर । एमालेबाट ‘सूर्य’ चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई हराउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन् । मतगणनाको मध्यसमयसम्म पनि माथि उक्लिन नसकेका सिंह अन्ततः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डिना उपाध्यायलाई समेत राप्रपाका सिंहले अन्तिममा पछि पारेका हुन् । सिंहले उपाध्यायलाई २ हजार बढी मतान्तरले पराजित गरेका छन् । सिंहले २७ हजार ८१६ मत पाउँदा डिनाले २५ हजार ४३४ मतसहित दोस्रो भईन् ।
त्यस्तै, राप्रपा नेपालका कमल थापाले भने २५ हजार ४२० मत पाएका छन् । थापाले मतदान चलिरहँदा आफ्नो हार स्वीकार गरेका थिए । हार स्वीकार्दै थापाले सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद समेत दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्