काठमाडौं । राजस्व चुहावट न्यूकिरणका लागि सरकारले मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ उत्पादन गर्ने प्रतिष्ठानहरुमा अनिवार्य विद्युतीय बिजक (ई–बिलिङ) लागू गरेको छ ।
यो सँगै आगामी माघ १ गतेदेखि मदिरा र सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुले अनिवार्य रुपमा ई बिलिङ लागू गर्नुपर्नेछ । राजस्व चुहावट हुने सम्भावना न्यूकीकरणका लागि भन्दै यो प्रावधान ल्याएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
यस्तो प्रावधान कार्यान्वयनमा आएसँगै यस्ता प्रतिष्ठानको कारोबारको विवरण अब विभागले ‘रियल टाइम’ यथार्थ रुपमा प्राप्त गर्नेछ । विभागले तोकेको मापदण्ड, शर्त र प्रक्रियाको अधिनमा रही यस्तो उद्योगले अब अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने जनाएको छ ।
विभागका अनुसार अब मदिरा, बियर, वाइन र स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानले विद्युतीय बिजक जारी गर्नुपर्छ । चुरोट उत्पादन गर्ने सबै प्रतिष्ठान यो सूचीमा राखिएको छ । गुट्खा उद्योगसमेत यो सूचिमा समेटिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्