काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई आयोगले स्पष्टीकरण सोधेको छ । ‘हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भिर ध्यानाकर्षण भएकाले आयोगले पत्र लेखेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणहरु उल्लेख गरिएको छ । सोही आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन’ साथै उपदफाको खण्ड (ख) मा ‘कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने’ व्यवस्था छ । आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (छ) मा ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने।’ भन्ने व्यवस्था छ ।
स्पष्टीकरणमा कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयम उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्नुपर्ने छ ।
(क) नयाँ पेज अनलाइनमा प्रकाशित ‘हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने शिर्षकको यस पत्रसाथ संलग्न समाचार सत्य हो, होईन ?
(ख) यदी नयाँ पेज अनलाइनमा प्रकाशित उक्त समाचार सत्य हो भने तपाईंले हेलिकप्टर उडान गर्नको लागि निर्वाचन आयोगको पूर्वसहमति लिनुभएको छ, छैन ?
(ग) तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को उपदफा (१) को खण्ड (छ) को प्रतिकूल हुनेगरी हेलिकोप्टर प्रयोग गर्ने कार्य गरेको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र उपदफा (४) बमोजिम उम्मेदवारी रद्दको कारवाही हुनसक्ने भएकोले उक्त कारवाही किन गर्नु नपर्ने हो ?
साथै यस विषयमा मनाङका प्रमुख जिल्ला अधिकारीलाई ‘हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको विषयमा के कसो भएको हो ? पत्र प्राप्त भएको १२ घण्टाभित्र यथार्थ व्यहोरा खुलाई निर्वाचन आयोगमा प्राप्त हुने गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्