काठमाडौं । निर्वाचन आयोगले पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने उजुरीका आधारमा बागलुङ नगरपालिकाका वडा नं.१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीलाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।
‘तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली काँग्रेसका उम्मेदवारको प्रचार प्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ?’, आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले बागलुङ नगरपालिकाको कार्यपालिकाको सदस्य रहेको कारण सो नगरपालिकाभित्र राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिमको जरिवाना किन गर्नु नपर्ने हो ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्