काठमाडौं । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिएकी छिन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आयोजित तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा. तुलाधरले आफ्नो जिम्मेवारीलाई तटस्थ, इमान्दार, निष्पक्ष भएर पूरा गरी निर्वाचन सफल बनाउन निर्देशन दिएकी हुन् ।
आयुक्त डा.तुलाधरले आम मतदाताको पहुँचयोग्य मतदान केन्द्रको स्थापना, सहज वातावरण सिर्जना गर्ने कार्यमा जुट्नलाई समेत निर्देशन दिएकी छिन् । मतदाताको सार्वभौमिकताको सुनिश्चितता गर्न सहज ढंगले प्रयोग गर्न पाउने किसिमले मतदान केन्द्रको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै उनले भनिन्, ‘निर्वाचनको निष्ठालाई उच्च राख्दै उच्च मनोबलका साथ कर्मचारीहरू अघि बढ्नुपर्छ । आयोगले संवैधानिक दायित्व बमोजिम बालिग मत अधिकारको सम्मान, लोकतन्त्रको सुदृढीकरण र जनताको सहभागितालाई सुनिश्चित गर्न आवधिक निर्वाचन सफल बनाउने जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न विभिन्न योजना, नीति, निर्देशिका, कार्यविधि जारी गरेको छ, त्यसको कार्यान्वयन गरिरहेका छौँ ।’
उनले आयोगले हरेक मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री, लैगिङमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउन निर्देशन दिइसकेकाले सोबमोजिम छ भन्ने सन्देश प्रवाह गर्न पनि आग्रह गरिन । लमजुङका मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालले जिल्लामा कुनै पनि दलविरुद्ध उजुरी नपरेकाले निर्वाचन आचारसंहिता पालना सन्तोषजनक रहेको बताएकी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्