काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको दिन आन्तरिकतर्फ मुख्य गन्तव्यका सबै उडान रोकिने भएको छ । मंसिर ४ मा न्यून बुकिङ्गका कारण आन्तरिकतर्फका उडान रोकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसो निर्वाचन आयोगले मंसिर ४ गते सार्वजनिक यातायात चलाउन रोक लगाएको छ । सोही कारण हवाई यात्रु समेत प्रभावित हुने भएकाले बुकिङ्ग शून्य हुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘सार्वजनिक यातायात नचल्दा हवाई यात्रु स्वतः प्रभावित हुन्छन्’, उनले भने, ‘निर्वाचनका दिन बुकिङ छैन। त्यसैले पनि आन्तरिक तर्फका सबै उडान बन्द हुन्छन् ।’ यद्यपी उडान स्थगित गर्ने सन्दर्भमा औपचारिक निर्णय भने नभएको उनले बताएका छन् ।
यता बुकिङ खुला भएको भएपनि मंसिर ४ गतेका लागि कुनैपनि बुकिङ नआएको एयरलाइन्सका कर्मचारीले बताएका छन् । तर सो दिन काठमाडौंबाट लुक्लाका लागि भने उडान हुने तारा एयरले जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक यातायात चल्न नपाउने र निजीको हकमा पास अनिवार्य गरेको छ । तर, अत्यावश्यक सेवा तथा सञ्चारकर्मीहरुले भने निर्वाह सवारी चलाउन सक्ने आयोगले व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्