काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय सुरु हुने भएको छ ।
आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहने आयोगले जनाएको हो ।