दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । मतदानका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
मत हाल्न पुगेका एकजना मतदाताको मत पहिल्यै अरुले हालेको पाइएपछि विवाद सुरु भएको थियो । विवाद रोक्ने क्रममा प्रहरीको लठ्ठीले एकजना महिलाको टाउकोमा लागेपछि स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि झडप भएको थियो ।
झडप शान्त पार्न प्रहरीले ३ रायन्ड हवाई फायर समेत गरेको छ । हवाई फायरपछि विवाद रोकिएको भएपनि मतदान भने सुरु हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्