×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौंको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसंगै देशभर मतगणना समेत सुरु भईसकेको छ । काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुकार बम तेस्रो स्थानमा रहेका छन् ।

अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ । ललितपुरका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु तेस्रो स्थानमा छन् । ललितपुर-१ मा सचिनकुमार घिमिरे, २ मा बुद्धरत्न महर्जन र ३ मा तोसिमा कार्की तेस्रो स्थानमा छन् । मतगणना भइरहेको भक्तपुर-२ मा कांग्रेस र एमालेको प्रतिस्पर्धा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी