डोटी । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र)का नेता शिव सिंह ओली विजयी भएका छन् ।
प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गरेका छन् । यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको जनाइएको छ ।
प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिवा सिंह ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।
विजयी ओलीले १४ हजार ४७ मत प्राप्त भएका गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार एक सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताएका छन्। यस क्षेत्रमा तीनजना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बमले एक हजार तीन सय २७ मत प्राप्त गरेका हुन् । यहाँ ३० हजार दुई सय ३४ मत खसेको थियो । एक हजार ३२ मत बदर जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्