काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । बैंकले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १९.६२ प्रतिशतले धेरै हो ।
बैंकले अघिल्लो वर्षको यसै अवधिमा १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३७.४१ प्रतिशत र सञ्चालन नाफा ९७.३२ प्रतिशतले बढेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
साथै, एक्सेलको रिर्जभ कोषमा ४० करोड २९ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकले ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको एक्सेल बैंकले १० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।