काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । माइक्रोफाइनान्स पहिलो त्रैमासमा ३ करोड ३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६३.८० प्रतिशतले कम हो ।
कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा ८ करोड ३९ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै फरवार्डको खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी पनि २४.२० प्रतिशतले घटेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । यता, गत वर्ष १३ करोड १८ लाख ८० हजार रुपैयाँ आर्जन गरेको सञ्चालन नाफा यो वर्ष ४ करोड ८५ लाख ६० हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
साथै, कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ०७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्