×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापाको जित निश्चित, पूरा होला त प्रधानमन्त्री बन्ने सपना ?

PRIME CA
GLOBAL IME BANK

गगन थापाको जित निश्चित, पूरा होला त प्रधानमन्त्री बन्ने सपना ?

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका गगन थापाको जित निश्चित देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ चुनाव लडेका थापा ठुलो मतान्तरले बिजय हुने देखिएको हो ।

यता पब्लिक फिगरका रुपमा रहेका रवि लामिछानेको पनि जित निश्चित देखिएको छ । चितवन क्षेत्र नम्बर २ मा चुनावमा भिडेका राष्ट्रिय स्वतन्त्र पार्टीका साभापति रवि लामिछानेको जित पक्कापक्की देखिएको हो । दलप्रतिको आक्रोस र नयाँप्रतिको क्रेजका कारणले पनि रविको जित निश्चित बनेको हो ।

त्यस्तै चितवन छोडेर चुनाव लड्नका लागि गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जित निश्चित भएको छ । चितवनमा रवि लामिछानेको क्रेज देखेपछि हार्ने डरले प्रचण्ड गोरखा गएका हुन् भन्ने आरोपलाई निर्वाचन परिणामले पुष्टी गरेको विश्लेषण राजनीतिक विश्लेषकहरुले गरेका छन् । रविसंग उठे हार्ने देखेपछि प्रचण्ड गोरखा गएको र यसले प्रचण्ड कठि बाठा छन् भन्ने तथ्य पुष्टी गरेको विश्लेषण विश्लेषकहरुको रहेको छ ।

यता काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका इश्वर पोखरेलले चुनाव हार्ने संकेत देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदिप पौडेलसँग लडेका पोखरेलले चुनाव हार्ने ठुलो सम्भावना रहेको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएका छन् । भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुलो मतान्तरका साथ चुनाव जित्ने पक्कापक्की भएको छ । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले भने लज्जास्पद हार व्यहोर्ने देखिएको छ ।

त्यस्तै अघिल्लो पटक चुनाव हारेका रविन्द्र मिश्रले यसपटक पनि चुनाव हार्ने भएका छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा दोश्रो भएका उनी यसपाली तेश्रो हुने आंकडा गरिएको छ । यो हारसँग उनको राजनीतिक जीवन नैतिक संकटमा परेको विश्लेषण हुन थालेको छ । त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी डा. तोसिमा कार्की जित नजिक पुगेकी छिन् । माओवादी केन्द्रबाट उठेकी पम्फा भुसालको सो क्षेत्रमा हार्ने निश्चित भएसँगै उनको जित निश्चितप्रायः भएको हो ।

त्यस्तै चितवन क्षेत्र नम्बर १ बाट हरि ढकालले सानदार जित निकाल्ने निश्चित प्राय भएको छ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका तर्फबाट उठेका विश्व पौडेललाई हराउंदै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका ढकालले सानदार जित निकाल्ने भएका हुन् । यता डा. बाबुराम भट्टराईले हदैसम्मको मेहेनत गरेपनि उनकी छोरी मानुसी भट्टराई यमी भने चुनावमा हार्ने भएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: