काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार बसेको बैंकको संचालक समितिका बैठकले आफ्ना सेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट १४.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चिति मुनाफा तथा सेयर प्रिमियम समेतबाट सेयरधनीलाई सो लाभांश दिने घोषणा गरेको हो ।
बैैंकले प्रस्ताव गरेको लाभांशमा १३ प्रतिशत बोनस सेयर रहेको छ भने १.५० प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्