काठमाडौं। ‘एसिस टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते आफ्नो स्थापनाकालको १५ औँ वर्ष पूरा गरी १६ औँ वसन्तमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
बैंकले विगत वर्षहरुमा झैँ यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ । आज केन्द्रीय कार्यालयसहित कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका बैंकका कलस्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरिएको छ । बैंकले आयोजना गरेको ती रक्तदान कार्यक्रममा ६१३ युनिट रगत संकलन भएको छ ।
यसैगरी बैंकले १६औं वार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभचिन्तकप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । हाल बैंकले रु. ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु.६३ अर्ब कर्जा लगानीमा रहेको छ ।
करिब ७ लाख ग्राहकलाई सेवा पुर्याइरहेको बैंकले आफ्नो वासलात एवम् अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्