काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश लिनका लागि सेयरधनीलाई बोलाएको छ । बैंकले सेयरधनीलाई ४ आर्थिक वर्षको नगद लाभांश लिनका लागि सेयरधनीलाई बोलाएको हो ।
बैंकले आर्थिक वर्ष ०६६/६७, ०६७/६८, ०६८/६९, ०७०/७१ सम्मको लाभांश लिन सेयरधनी नआएपछि सूचना जारी गर्दै लाभांश लिनका लागि आह्वान गरेको छ । बैंकले सूचना जारी भएको १ महिनाभित्रमा आफ्नो लाभांश लिन समेत आग्रह गरेको छ । सो अवधिमा पनि लाभांश लिन नआए सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख गरिएको छ ।
लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले लाभांश बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालबाट लिन सक्नेछन् । लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक र यसको सेयर रजिष्ट्रारको वेवसाइटमा पनि हेर्न सकिनेछ ।
यस्तै, सोही सूचनामार्फत बैंकले हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न समेत अपिल गरेको छ । खाता अपडेट भएको अवस्थामा मात्र नगद लाभांश पाइने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्