×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हरि ढकालको जित निश्चितप्राय, पूराना नेताको कन्तबिजोग !

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा घण्टीको लहर अनपेक्षित देखिएको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएसँगै निर्वाचन क्षेत्र नम्बर १ मा पनि घण्टीका उम्मेदवार हरि ढकाल उदाउने पनि पक्कापक्की देखिएको छ ।

सो निर्वाचन क्षेत्रबाट चुनाव लडेका पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका तर्फबाट उठेका विश्व पौडेलको लज्जास्पद हार हुने विभिन्न एक्जिट पोलहरुको तथ्यले देखाएको छ ।

यता चितवन छोडेर गोरखा २ बाट चुनाव लडेका माओवादी केन्द्रका पुष्पकमल दहाल प्रचण्डले भने जित्ने निश्चितप्राय देखिएको छ भने पुर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईको कसरत खेर जाने संकेत देखिएको छ । आफ्नी छोरी मानुसी भट्टराई यमीलाई जिताउनका लागि हदैसम्मको कसरत गरेपनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा उनको हार निश्चित प्राय देखिएको हो ।

त्यस्तै, झापा क्षेत्र नम्बर ५ मा भने नेकपा एमालेका केपी शर्मा ओलीले ठूलो मतान्तरले विजयी हासिल गर्ने पक्का देखिएको छ । यता भावी प्रधानमन्त्री रुपमा हेरिएका गगन कुमार थापाको जित पनि निश्चित देखिएको छ । यता ललितपुर क्षेत्र नम्बर ३ मा पनि रवि लामिछाने नेतृत्वकै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको जित निश्चित प्राय देखिएको छ । माओवादी केन्द्रबाट उठेकी पम्फा भुसालको सो क्षेत्रमा हार्ने निश्चित भएसँगै उनको जित निश्चितप्रायः भएको हो ।

यता काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका इश्वर पोखरेलले चुनाव हार्ने संकेत देखिएको छ । त्यस्तै, अघिल्लो पटक चुनाव हारेका रविन्द्र मिश्रले यसपटक पनि चुनाव हार्ने भएका छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा दोश्रो भएका उनी यसपाली तेश्रो हुने आंकडा गरिएको छ । यो हारसँग उनको राजनीतिक जीवन नैतिक संकटमा परेको विश्लेषण हुन थालेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: