Skip to content
LAXMI SUNRISE BANK

आइसीएफसी फाइनान्सको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, २९.७९ प्रतिशतले घट्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं । आइसीएफसी फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २९.७९ प्रतिशतले कम हो ।

फाइनान्सले अघिल्लो वर्षको यसै अवधिमा ४ करोड ७६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २७.०१ प्रतिशतले घटेर ४ करोड ९६ लाख ४४ हजार रुपैयाँमा कायम भएको छ ।

साथै, खुद ब्याज आम्दानी भने ३४.९१ प्रतिशतले बढेर १४ करोड ८८ लाख ४९ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ३ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा फाइनान्सको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK