×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ निष्कासन गर्ने

PRIME CA
GLOBAL IME BANK

बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ निष्कासन गर्ने

१३ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बाराही हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । सो मध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सो आइपीओमा एनआइबिएल एस क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: