×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपरमाई हाइड्रोपावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आइपिओ जारी गर्ने

PRIME CA
GLOBAL IME BANK

सुपरमाई हाइड्रोपावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आइपिओ जारी गर्ने

१४ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सुपरमाई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपिओ जारी गर्ने भएको छ । हाइड्रोपावरले मंसिर २१ गतेदेखि ५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने ५० हजार कित्ता सेयर छुट्याइएको छ । कम्पनीले निष्कासन गरेको ५ लाख कित्ता मध्ये आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दालाई ४० प्रतिशत सेयर छुट्याएको छ । कम्पनीले सो क्षेत्रका स्थानियलाई २ लाख कित्ता सेयर छुट्याएको हो । आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानियका लागि बाँकी ६० प्रतिशत अर्थात, ३ लाख कित्ता निष्कासन गरेको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानियले भने पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले सुपरमाईको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानिय बासिन्दाले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: