Skip to content
LAXMI SUNRISE BANK

खानी खोला हाइड्रोपावरले गर्यो कमालको प्रगति, खुद नाफामा २६०.५४ प्रतिशतले छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

अर्थ सरोकार

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । कम्पनीले यस अवधिमा २ करोड ५३ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको तुलनामा २६०.५४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ७० लाख १९ हजार रुपैयाँ मात्र नाफाआर्जन गरेको थियो ।

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४५.८८ प्रतिशतले बढाएर ६ करोड ६७ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यस्तै कम्पनीको सञ्चालन नाफा पनि ७२.३९ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ ।

खानीखोलाको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ भने रिटेन अर्निङ २ करोड ६० लाख ५४ हजार रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४१ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK