×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको साधारणसभा कार्तिक २१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकको साधारणसभा कार्तिक २१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

Artha Sarokar

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडको साधारणसभा हुने भएको छ । बैंकको २२औं वार्षिक साधारणसभा कार्तिक २१ गते हुने भएको हो । सभा बैंकको नक्साल कार्यालय, काठमाडौँमा बिहान ११ बजे सुरु हुने भएको छ ।

सभामा कम्पनीले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । गाभ्ने–गाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ ।

साथै, सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्ने लगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गरेको छ । हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ । तसर्थ असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी