रामेछाप । रामेछापमा मतदान गरेर फर्किदै गरेका दुई युवकमाथि कुटपिट भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदीमाथि कुटपिट भएको हो ।
मतदान गरेर मोटरसाइकलमा फर्किदै गरेका उनीहरुमाथि सल्ले गाउँका ४ जनाको समूहले कुटपिट गरेको हो । कुटपिटबाट दुवैजनाको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङका अनुसार कुटपिटबाट घाइते भएका दुवैजनालाई उपचारका लागि काठमाडौं रेफर गर्ने तयारी भईरहेको छ । कुटपिटमा संलग्न एकजनालाई पक्राउ गरेको बताउँदै थिङले घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन् । बाँकी तीजना भने फरार रहेको प्रहरीले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्