×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकमा निःशुल्क लकर सुविधा, अनलाइनबाटै कसरी लिने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकमा निःशुल्क लकर सुविधा, अनलाइनबाटै कसरी लिने ?

Artha Sarokar

३० कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अहिले मानिसहरुको दैनिकी निकै व्यस्त बनेको छ । शिक्षा, रोजगारी, जागिर, व्यवसायका कारण आजभोली अधिकांश मानिस दिनभर प्राय घरबाहिरै रहन्छन् । अधिकांश समय मान्छेहरु घरबाहिरै व्यतित गरे पनि बहुमूल्य सामान भने घरमै राखिन्छन् । तर, बिहान निस्किदा घरमा सुरक्षित रहेको सामान साँझ फर्किदा छ वा छैन भन्ने चिन्ता धेरैलाई हुन्छ । तर, यही चिन्ताको समाधान गर्ने गरी एनआईसी एशिया बैंकले निःशुल्क लकर सुविधा ल्याएको छ ।

बैंकले ल्याएको यस्तो निःशुल्क लकर सुविधामा बैंकका ग्राहकहरुले बैंकको लकर निःशुल्क रुपमा प्रयोग गरी आफ्ना बहुमूल्य कागजात र बस्तुहरु सँधैभरी सुरक्षित राख्न सक्नेछन् । यति मात्र होइन बैंकको ग्राहकको सहजताका लागि घरमै बसीबसी बैंकको निःशुल्क लकर सुविधा लिन सकिने व्यवस्था गरेको छ । यसरी घरमै बसीबसी लकर सुविधा लिएपछि ग्राहकले आफूलाई पायक पर्ने समयमा बैंकमा गएर सामान राख्न सक्नेछन् ।

अझ खासगरी एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बच खाता खोल्ने ग्राहकहरुले खाता खोलेदेखिको पाँच वर्षसम्म यो सेवा निःशुल्क रुपमा प्रयोग गर्न पाउनेछन् । जहाँ ग्राहकहरुले सुनका गरगहना, मार्कसिट, सर्टिफिकेट, लालपुर्जाजस्ता महत्वपूर्ण सामाग्री राख्न सक्छन् ।

अनलाइनबाट कसरी लिने लकर सुविधा ?
यसो त एनआईसी एशिया बैंकमा लकर सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको मोबैंक एप डाउनलोड गरी लगइन गर्नुपर्छ । लगइन गरेपछि मोबाइल एपभित्र ‘बैंकिङ सर्भिसेस’ भन्ने अप्सन आउँछ । उक्त अस्पसनभित्र अन्य विभिन्न अप्सनसहित रहेको ‘लकर फ्यासिलिटी’ अस्पसन सेलेक्ट गरी आफुलाई पायक पर्ने शाखाको लकर सुविधा लिन सकिन्छ ।

बैंकले उक्त सुविधा सुरु गरेसँगै बैंकका निःशुल्क लकर सुविधाको प्रयोग गर्नेहरु पनि ह्वात्तै बढेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी