×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा जनमत पार्टीका यादव विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सप्तरीमा जनमत पार्टीका यादव विजयी

Artha Sarokar

६ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले सात हजार २३ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लागेका छन् । पछिल्लो मतगणना अनुसार उनले १३ हजार सात सय ५९ मत प्राप्त गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत प्राप्त गरेका छन् ।

हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी-२ मा ६७.९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी