काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपावरले पहिलो त्रैमासमा १ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६३.१० प्रतिशत कम हो ।
कम्पनीले गत वर्ष २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म डाइरेक्ट इन्कम ११ करोड ३६ लाख रुपैयाँबाट घटेर ३ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण नाफा प्रभावित बनेको हो ।
असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी १ करोड १२ लाख रुपैयाँ पुगेको छ । मन्दाकिनीको चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ रहको छ भने जगेडा कोषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २८ पैसा र नेटवर्थ १०८ रुपैयाँ २० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्