Skip to content
LAXMI SUNRISE BANK

कास्कीमा मतपेटिका फुटाउने ३२ वर्षीय युवक पक्राउ

अर्थ सरोकार

काठमाडौं । कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतदान चलिरहेको बेलामा मतपेटिका फुटाएका हुन् ।

३२ वर्षीय सूर्य परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा पछारेका थिए । ती युवकले मतपेटिका फुटाएपछि केहीबेरका लागि मतदान स्थगित गरिएको थियो । तर, केही समयमै मतदान सुरु भएको कास्की प्रहरीले जनाएको छ ।

मतपेटिका फुटाएका परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK