काठमाडौं । अहिलेको युग डिजिटल युग हो । परम्परागत कार्यशैली त्याग्दै आधुनिकतातर्फ लम्किरहेको यो युगमा नागरिकहरु आफ्नो दैनिकीलाई छिटो र सहज बनाउनेतर्फ केन्द्रित छन् । अझ दैनिक रुपमा हुने वित्तीय कारोबार तथा भुक्तानीका सवालमा नागरिकहरु पूर्णतया डिजिटल प्रविधिसँग अभ्यस्त हुन थालेका छन् ।
यहीबीच एनआईसी एशिया बैंकको डिजिटल प्लेटर्फम ‘एनआईसी एशिया मोबैंक’को प्रयोग दिनप्रतिदिन बढ्दो छ । भुक्तानी तथा वित्तीय कारोबारका सबै सुविधा एकैठाउँमा पाउने भएर पनि एनआईसी एशिया मोबैंकको प्रयोग बढ्दै गएको हो । एनआईसी एशिया मोबैंकको प्रयोगमार्फत बैंकका लाखौं ग्राहकहरुले दैनिकी सञ्चालनमा दर्जनौं सेवा तथा सुविधाहरु प्रयोग गर्न पाउँछन् ।
बैंकको उक्त सेवा अन्तर्गत ग्राहकहरुले विद्युत् महसुल, हवाई टिकट, खानेपानी महसुल, इन्टरनेट शुल्क, टीभी शुल्क, इन्स्योरेन्स प्रिमियम, शेयर बजार, ईएमआई तिर्न, केबुलकार टिकट, बस टिकट, फिल्मको टिकट, स्कुल कलेजको शुल्कसमेत तिर्न सक्छन् । यतिमात्र होइन, एनआईसी एशिया मोबैंकको प्रयोगमार्फत ग्राहकहरुले सरकारी कर तथा विभिन्न पालिकाहरुमा तिर्नुपर्ने सबै खालका कर पनि तिर्न सक्छन् । यही कारण पनि पछिल्लो समय एनआईसी एशियाको मोबैंकको प्रयोग बढ्दै गएको छ ।
एनआईसी एशिया मोबैंकको प्रयोग कसरी गर्ने ?
एनआईसी एशिया मोबैंकको प्रयोगका लागि बैंकका ग्राहकले सबैभन्दा पहिला आफ्नो मोबाइलमा एनआईसी एशिया मोबैंक एप डाउनलोड गर्नुपर्छ । एप्लीकेशन डाउनलोड भईसकेपछि त्यहाँ मोबाइल नम्बर, पासवर्ड, लगइन नाओ, अनएबल टु लगइन, फर्गेट पासवर्डका अप्सनहरू देखिन्छन् । जसमध्ये ‘अनएबल टु लगइन ट्याप हेयर’मा ट्याप गर्ने ।
‘नट एक्टिभेटेड एट’ र ‘निड हेल्प युजिङ एप’ भन्ने अप्सन देखिन्छन् । ‘निड हेल्प युजिङ एप’ अप्सनबाट यो एप कसरी सुरु गर्ने भन्ने भिडियो जानकारी लिन पनि सकिन्छ । अब ‘नट एक्टिभेटेड यट’मा क्लिन गर्ने । ‘एक्टिभ योर मोबाइल बैंकिङ’मा ‘एक्टिभ सर्भिस’ र प्रोसेस टु लगइन भन्ने अप्सन छन् । ‘एक्टिभ सर्भिस’मा क्लिक गर्ने । त्यसपछि खातामा प्रयोग भएको मोबाइल नम्बर र बैंकको अकाउन्ट नम्बर राखेर नेक्स्टमा क्लिक गर्ने । तपाईंले राखेको मोबाइलमा एक्टिभ कोड आउँछ । मोबाइलमा आएको एक्टिभ कोड अटोमेटिक तरिकाले सेट हुन्छ र नेक्स्ट गर्ने । मोबाइल एपका लागि पासवर्ड सेट गरेपछि अब चार अंकको ट्रान्जेक्सन पासवर्ड राखेर थप प्रक्रिया अघि बढाउने ।
यति प्रक्रिया पुरा गरेपछि ग्राहकहरुले एनआईसी एशिया मोबैंकको एक्सेस पाउँछन् र आफुले चाहे अनुसारको सुविधाहरु प्रयोग गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्