म्याग्दी। म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरुले छानबिन र कारबाहीको माग गरेका छन् ।
सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको छ । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेपछि मुख्य निर्वाचत अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाइएको छ ।
धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले पाँच हजार तीन सय ७० मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यसैगरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार छ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याइ रहेका छन् ।
प्रदेशसभा क्षेत्र नं २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीले पाँच हजार एकसय ७४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार यामबहादुर गर्बुजाले चार हजार आठ सय ५१ मत प्राप्त गरेका छन् ।
सोमबार साँझदेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नं वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्