×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले गर्यो २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नागरिक लगानी कोषले गर्यो २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

३० कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कोषले पहिलो त्रैमासमा २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १७.९९ प्रतिशतले धेरै हो ।

कम्पनीले गत वर्षको यसै अवधिमा १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको थियो । सीआइटीको ब्याज आम्दानीका साथै सेवा शुल्क तथा कमिसन आम्दानी र विविध आम्दानीमा सुधार भएपछि खुद नाफामा वृद्धि भएको देखिएको छ ।

ब्याज आम्दानी ५ करोड ८३ लाख रुपैयाँबाट बढेर १० करोड १२ लाख रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी २८ करोड १२ लाख रुपैयाँबाट बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।  हाल नागरिक लगानी कोषको सेयर पुँजीमा ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ ।

यस्तै, कोषको सेयर प्रिमियम भने गत वर्षको भन्दा घटेर २८ करोड ३८ लाख ७८ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्ष सेयर प्रिमियम १ अर्ब २६ करोड ४८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा कोष पनि १९ अर्ब ४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । मुद्दति निक्षेपमा १ खर्ब २ अर्ब २९ करोड रुपैयाँ लगानी गरेको छ ।

संगठित संस्थाको सेयर तथा धितोपत्रमा लगानी बढाएर २८ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष भने सेयरमा १६ अर्ब ४५ करोड रुपैयाँ मात्र लगानी गरेको थियो ।लगानीमा प्रतिफल (आरओआई) पनि ७.७१ प्रतिशतबाट बढेर ९.३८ प्रतिशत पुगेको छ । कोषको पुँजी वृद्धिका कारण प्रतिसेयर आम्दानी भने केही घटेको छ ।

असोज मसान्तसम्म आइपुग्दा सीआइटीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले घटेर २१ रुपैयाँ ९० पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५२ रुपैयाँ १४ पैसाबाट बढेर १८९ रुपैयाँ ५ पैसा कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी