×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Artha Sarokar

९ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मङ्सिर ८ गते  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा व्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा बिहिबार धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरि कार्यक्रममा उत्कृष्ट व्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका छन् । कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी