×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

पूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।

देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो । मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: