काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसर्थ, बैंकले यसपटक ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई वितरण सुरु गरिने बैंकले जनाएको छ । गत वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्