×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । उक्त ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।

राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल ९१ दिनका लागि जारी गर्न लागेको छ । यो ट्रेजरी बिल फागुन १६ गते परिपक्व हुन्छ । त्यस्तै, बैंकले १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । जुन २०८० जेठ १६ गते परिपक्व हुनेछ ।

बैंकले ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल १ वर्षका लागि जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: