×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि लागू, मूल्य भने अचाक्ली महंगो…

PRIME CA

नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि लागू, मूल्य भने अचाक्ली महंगो…

अर्थ सरोकार

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू गरेको छ । कार्यविधि लागू गर्दै नेप्सेले सेयर कारोबार सम्बन्धी तथ्यांकको एपीआई लिई प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्ष २०७९–८० का लागि तथ्यांक प्रयोग गर्न इच्छुक प्रयोगकर्ताले कात्तिक २१ गतेदेखि ३० दिनभित्रमा आवेदन दिनुपर्नेछ । यसरी नेप्सेको कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्रयोग तथा प्राप्त गर्नका लागि अब शुल्क तिर्नुपर्नेछ । तर, नेप्सेले कार्यविधिमा उल्लेख गरेको शुल्क भने अस्वभाविक महँगो भएको जानकारहरुको ठम्याई रहेको छ ।

सूचना प्रविधि नीति, २०७७ अन्तर्गत रही विभिन्न प्रयोगकर्ताहरुबाट निश्चित शुल्क लिई वास्तविक समय वा ऐतिहासिक तथ्यांक उपलब्ध गराउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सञ्चालक समितिले उक्त कार्यविधि बनाएको जनाएको छ । इन्भेष्टमेन्ट कम्पनी, वित्त विष्लेशक लगायतको लागि सह–शुल्क तथ्यांक उपलब्ध गराउने नेप्सेले जनाएको छ । प्रयोकर्ताले नेपसेले तोकेको शुल्क त्रैमासिक रुपमा अग्रिम भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

हेर्नुहोस् कार्यविधिः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: