Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्तले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई बोलायो

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

लगानीकर्ताले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिई लघुवित्तको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा ३५ दिन भित्र सम्पर्क गर्नुपर्नेछ ।

संस्थाले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि आग्रह गरेको छ । लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण संस्थाको वेवसाइटमा प्रकाशित गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK