Skip to content
LAXMI SUNRISE BANK

एनएमबि लघुवित्तको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, कस्तो छ वित्तिय अवस्था ?

अर्थ सरोकार

काठमाडौं । एनएमबि लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा भने लघुवित्तले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी २२.५० प्रतिशतले घटेर ८ करोड ६४ लाख १६ हजार रुपैयाँमा सिमित रहेको छ । यता, प्रोभिजनको रकमका साथै कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा पनि वृद्धि भएपछि ८१ लाख ७७ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ ।

यता, कम्पनीको रिजर्भ कोष पनि ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख रुपैयाँमा आएको छ । असोज मसान्तसम्म आइपुग्दा एनएमबि लघुवित्त प्रतिसेयर ४ रुपैयाँ ८९ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK