Skip to content
LAXMI SUNRISE BANK

आयल निगमलाई १८ करोड नाफा, इन्धनको मूल्य अझै नघट्ने

अर्थ सरोकार

काठमाडौं । नेपाल आयल निगम पछिल्लो १५ दिनमा १८ करोड नाफामा गएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले नाफा भए पनि इन्धनको मूल्य नघट्ने दाबी गरेको छ ।

१८ करोड नाफामा रहेपनि भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने ऋणका कारण उपभोक्ता मूल्य नघट्ने निगमले जनाएको छ । ‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ, ‘तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।’

आयल निगमले सरकार र आईओसीलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेको छ । तर तत्काल सो ऋण कम गरेर इन्धनको मूल्य समायोजन गर्ने अवस्था नरहेको निगमले दाबी गरेको छ । ३० असोजमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका कारण निगम नाफामा रहेको भन्दै निगमले १६ कात्तिकमा प्राप्त नयाँ मूल्य केही बढेर प्राप्त भएको जनाएको छ ।

बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य भने घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK