Skip to content
LAXMI SUNRISE BANK

पिपुल्स पावरको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा

अर्थ सरोकार

काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ लाख ४५ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । गत वर्षको चौथो त्रैमासको तुलनामा यसको नोक्सानी घटेको हो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी भने १७ हजार रुपैयाँबाट बढेर ५ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

अन्य आम्दानी बढ्दा घाटा घटेको हो । पिपुल्सको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहको छ । जगेडा कोष १ करोड ५० लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK