×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो पेट्रोलियम पदार्थको खपत, आसन्न निर्वाचन नजिकिए पनि पेट्रोल तथा डिजेलको खपतमा वृद्धि हुन सकेन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

घट्यो पेट्रोलियम पदार्थको खपत, आसन्न निर्वाचन नजिकिए पनि पेट्रोल तथा डिजेलको खपतमा वृद्धि हुन सकेन

Artha Sarokar

२८ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कम भएको जानकारी दिएको हो । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने गर्दथ्यो । तर आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार गत वर्षको कार्तिक महिनाको तुलनामा चालु वर्षको कात्र्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ । २०७८ को कात्तिक २३ गतेसम्म ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकी २०७९ को कार्तिक २३ गतेसम्म भने ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ ।

तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनाले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी