×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखा २ बाट प्रचण्ड १४ हजार मतान्तरले विजयी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

गोरखा २ बाट प्रचण्ड १४ हजार मतान्तरले विजयी

गोरखा । चितवन छोडेर चुनाव लड्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) विजयी भएका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्ना प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १४ हजार बढी मतान्तरले पछि पार्दै प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कवीन्द्रले १२ हजार ६३७ मत ल्याएर पराजय बेहोरेका छन् ।

त्यस्तै, नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: