×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीबाट ओलीलाई हराउँदै समाजवादीका आले विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डोटीबाट ओलीलाई हराउँदै समाजवादीका आले विजयी

Artha Sarokar

८ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । डोटीबाट नेकपा एमालेकी गौरी ओलीलाई हराउँदै एकीकृत समाजवादीका प्रेम बहादुर आले विजयी भएका छन् । आफ्नो प्रतिद्वन्द्वी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्दै आले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाएका छन् ।

यता राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरेका छन् । कुल १ लाख २४ हजार ८७० मतदाता रहेकामा ६३ हजार ५५२ मत खसेको थियो, जसमध्ये ४ हजार ९६९ मत बदर भएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी