×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६९.४६ प्रतिशतले घट्यो राष्ट्र उत्थान लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

६९.४६ प्रतिशतले घट्यो राष्ट्र उत्थान लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा

Artha Sarokar

१६ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको वित्तिय विविरण सार्वजनिक गरेको छ । लघुवित्तले ३८ लाख २३ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६९.४६ प्रतिशतले कम हो । राष्ट्र उत्थानले अघिल्लो वर्षको सोहि अवधिमा १ करोड २५ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि घटेपछि खुद नाफामा गिरावट आएको हो । असार मसान्तसम्म आइपुग्दा राष्ट्र उत्थानको रिजर्भ कोष भने ४२.४० प्रतिशतले बढेको छ । कम्पनीको रिजर्भमा १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको रोजर्भमा १३ करोड ६ लाख ३ हजार रुपैयाँ मात्र रहेको थियो । यसको कस्ट अफ फन्ड र खराब कर्जा पनि बढेको छ । राष्ट्र उत्थानको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा रहेको छ भने  प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी