काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बिमा संस्थानले पहिलो त्रैमासमा १ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २३.३५ प्रतिशतले धेरै हो ।
कम्पनीले गत वर्ष १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी भने ७५.३६ प्रतिशतले घटेर १ अर्ब ११ करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
संस्थानले यो त्रैमाससम्म ७६ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले जीवन बिमा कोषमा भने ३७ अर्ब १४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ४० अर्ब २४ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा ४३ करोड ३१ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्