×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको खुद नाफा घट्यो, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रिलायन्स फाइनान्सको खुद नाफा घट्यो, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

Artha Sarokar

१७ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ करोड २५ लाख ३८ हजार रुपैयाँ खुद घाटा ब्योहोरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा रिलायन्सले २ करोड १९ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता, कम्पनीको सञ्चालन नाफा पनि ४ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष उक्त नाफा ३ करोड १३ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी पनि ५१.४७ प्रतिशतले घटेर ३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले कम्पनीको खुद नाफामा प्रभाव परेको हो ।

साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा भारी मात्राले बढेको छ । यसले इम्पेयरमेन्ट चार्ज बापत ३ करोड ५१ लाख ८० हजार रुपैयाँ छुट्याएको छ । सो रकम गत वर्ष ५६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । रिलायन्सको वितरणयोग्य नाफा पनि ६ करोड ९९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

यसैगरी, रिलायन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ४५ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १६ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी