काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १.९४ प्रतिशतले धेरै हो ।
कम्पनीले गत आर्थिक वर्षको यसैअवधिमा ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने २.९९ प्रतिशतले घटेर ५ करोड ४८ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
विद्युत् बिक्रीमा आएको कमिका कारण यसको नाफा पनि प्रभावित बनेको हो । साथै, कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहको छ भने जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ जम्मा रहेको छ । रुरुको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७३ पैसाबाट घटेर २२ रुपैयाँ ७३ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ३५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्