डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवाले भारी मतले अग्रता कायम गरेका छन् । प्रतिनिधि सभा सदस्यको १३ हजार ३५१ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ६ हजार ६४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल भने देउवाभन्दा दोब्बर मतले पछि परेका छन् । उनले ३ हजार ४२४ मत प्राप्त गर्दै दोस्रो स्थान पछ्याईरहेका छन् । देउवाले दोब्बर अंकले मतान्तर बढाएसँगै डडेल्धुरामा ढकालको हार निश्चितप्राय रहेको आंकलन गर्न थालिएको छ ।
त्यस्तै नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्ल भने १ हजार ८३२ मतसहित तेस्रो स्थान पछ्याईरहेका छन् । डडेल्धुरामा प्रतिनिधि सभा सदस्यको ८३७ मत बदर भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्