×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवासँग चुनाव हारेका सागर ढकालले भने- ‘यो हारले चुनाव लड्न सिकायो, रविको जितलाई नै मेरो जित मानेको छु’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

देउवासँग चुनाव हारेका सागर ढकालले भने- ‘यो हारले चुनाव लड्न सिकायो, रविको जितलाई नै मेरो जित मानेको छु’

काठमाडौं । डडेल्धुराबाट प्रधानमन्त्री शेर बहादुर देउवासँग चुनाव हारेका सागर ढकालले यो चुनाव आफ्ना लागि सिकाईको पाठ भएको बताएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो चुनावले अर्को चुनाव कसरी लड्ने भन्ने पाठ सिकाएको छ’, उनले भने, ‘कांग्रेसको किल्लाबाटै १३ हजार मत पाउनुलाई मैले ठूलो सफलताको रुपमा लिएको छु ।’ त्यस्तै, ढकालले ४ महिना अघिमात्रै डडेल्धुरामा पाईला टेकेर यो सफलता हासिल गरेको भन्दै डडेल्धुराबासीलाई धन्यावाद समेत दिएका छन् । ‘डडेल्धुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा हैन । मैले रविको, सोभिता र तोसिमाको जितलाई मेरो जितको रुपमा लिएको छु । युवाहरु अब सबै ठाउँबाट उठ्नुपर्छ ।’

सागरको हारसँगै अहिले सामाजिक सञ्जालमा उनका समर्थकहरुले डडेल्धुराबासीलाई ईंकित गर्दै गालीसमेत गर्न थालेका छन् । यसैबीच सागरले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डडेल्धुराबासीलाई गाली नगर्न समेत आग्रह गरेका छन् । ‘साथिहरु बिन्ति डडेल्धुरामा रहेका युवाहरुलाई गालि नगरिदिनुस है । झापामा केपी ओली, गोरखामा प्रचण्ड र यहाँ शेरबहादुरलाई तिनै ठाँउका जनताले सजिलै आराम गराउनु पर्ने हो’, ढकालले लेखेका छन्, ‘तर, फ्रि को खाना, गाडी र हेलिकप्टरबाट युवाहरु नभएर रित्तो भएका गाउँमा आमा बुवाहरुलाई जोगाउन चाही गाह्रो भएको हो ।’

सागरले प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुराबाट १३ हजार ४२ मत पाएका थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २५ हजार ५३४ मत ल्याउँदै सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: