×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको ७ लाख ६७ हजार ३ सय ६६ कित्ता सेयर लिलामी बिक्री खुला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समृद्धि फाइनान्सको ७ लाख ६७ हजार ३ सय ६६ कित्ता सेयर लिलामी बिक्री खुला

Artha Sarokar

१ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्सले ७ लाख ६७ हजार ३ सय ६६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज बिहिबार मंसिर १ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद मंसिर १५ गतेसम्म रहेको छ भने बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी